हेटौँडा : नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभा आज शुक्रबारदेखि हेटौँडामा सुरु हुँदैछ । शनिबारसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन शनिबार नै हुनेछ । शुक्रबार देशभरबाट व्यवसायी हेटौँडा आइपुग्ने र साधारणसभा सुरु हुने महासंघले जनाएको छ ।
बिहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले साधारणसभाको तयारी पूरा भएको जनाएको छ । साधारणसभा आायेजक समितिका संयोजक नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष छतेन्द्र आचार्यले साधारणसभामा देशभरबाट एक हजार भन्दा बढी व्यवसायी हेटौँडा आइपुग्ने जानकारी दिनुभयो । साधारणसभामा सहभागी हुन आउने सबै प्रतिनिधिको आवास व्यवस्थापनको तयारी पूराभएको उहाँले जानकारी दिनुभयो । साधारणसभाको अवसरमा व्यवसायीका चुनौति, समस्याका विषयमा पनि विमर्श हुनेछ । साधारणसभमा २० लाख रुपैयाँ खर्च हुने बताइएको छ । बिहीबार महासंघका अध्यक्ष भरत भट्टराईको उपस्थितिमा पत्रकार सम्मेलन भएको हो ।











