बरामद भएको नक्कली नोटसहित रामकृष्ण अधिकारीलाई ।

हेटौँडा : पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित मकवानपुर प्रहरीले हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान १ बजेर १० मिनेटको समयमा हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाईकलमा सवार रामकृष्ण अधिकारीको साथबाट प्रहरीले नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थायी ठेगाना धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–२ घर भई हेटौँडा–८ बस्ने ४२ वर्षीय अधिकारीलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अधिकारीलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।