हेटौँडा : नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौँडा–१४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको छ । बैंकका बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले मंगलबार ६३ परिवारलाई खाद्य सामग्री वितरण गर्नुभएको हो ।

बैंकले विपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।