हेटौँडाः बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । सोमबार मन्त्रालयले एक कार्यक्रम आयोजना गरेर ३ थान मोटरसाइकल हस्तान्तरण गरेको मन्त्रालयमा कम्प्युटर अधिकृत उमेश सोतीले जानकारी दिनुभयो ।

प्रहरीले सामाजिक सुरक्षामा खटिँदा समस्या भएको भनि मन्त्रालयमा निवेदन परेको थियो । मन्त्रालयले वार्षिक बजेट अन्तर्गत भ्याटबाहेक ४ लाख १७ हजार ४३१ रुपैयाँ बराबरको मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको अधिकृत सोतीले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य रहेको थियो । यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्रीकृष्णबहादुर शाही, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको उपस्थिति रहेको थियो ।