बम्पर उपहार स्कुटर पाउनुहुने रमेश श्रेष्ठलाई नमूना चाबी हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–४ स्कुलरोडमा रहेको सेरिसा मोबाइल हबमा मोबाइल किन्नुभएका हेटौँडा–११ का रमेश श्रेष्ठले बम्पर पुरस्कार स्कुटर प्राप्त गर्नुभएको छ । शुक्रबार फेसबुक लाइभ मार्फत बम्पर पुरस्कार विजेता छानिएको हो ।

मोबाइल खरिद गर्ने ग्राहकलाई आकर्षित गर्ने गरी हरेक वर्ष सेरिसा मोबाइल हबले बम्पर पुरस्कार कार्यक्रम सञ्चालन गर्ने गर्दछ । सेरिसा मोबाइल हबका सञ्चालक अनिश बिष्टले २०८० सालदेखि बम्पर पुरस्कार घोषणा गर्दै आएको जानकारी दिनुभयो । २०८० सालमा बम्पर अफर अन्तर्गत टिभि वितरण गरिएको थियो भने यस वर्ष २ लाख ३० हजार रुपैयाँ मूल्यको स्कुटर प्रदान गरिएको बिष्टले बताउनुभयो । मोबाइल हबले १० जनालाई चाँदीको सिक्का, स्मार्ट वाच लगायतका पुरस्कार वितरण गरेको छ । स्कूटर प्राप्त गर्ने श्रेष्ठले गत फागुन २७ गते मोबाइल खरिद गर्नुभएको थियो ।