Home मुख्य समाचार कुरिलो टिप्न गएका मकवानपुरगढीका कप्तानको भीरबाट लडेर मृत्यु

कुरिलो टिप्न गएका मकवानपुरगढीका कप्तानको भीरबाट लडेर मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : कुरिलो टिप्न जंगल गएका मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ५२ वर्षीय कप्तान रुम्बाको आइतबार दिउँसो साढे १२ बजेको समयमा भीरबाट लडेर मृत्यु भएको छ ।

मकवानपुरगढी–५ का रुम्बाको भीमफेदी गाउँपालिका–५, सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा भीरबाट लडेर करिब एक सय मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले रुम्बाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

Exit mobile version