Home मुख्य समाचार मकवानपुरका औषधी व्यवसायीलाई अभिमुखीकरण

मकवानपुरका औषधी व्यवसायीलाई अभिमुखीकरण

हेटौँडा : औषधी व्यवसायी संघ मकवानपुरले औषधी व्यवसायीका लागि टिटानास र रेविज भ्याक्सिनको संरक्षण, वितरण र प्रयोगसम्बन्धमा अभिमुखीकरण तथा एन्टिबायोजिक औषधिको रेसिस्टेन्ससम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । औषधी व्यवसायी संघ मकवानपुरका सदस्य कृष्णहरि न्यौपनेको संयोजकत्वमा कार्यक्रम भएको हो ।

औषधी व्यवसायी संघ बागमती प्रदेश समितिको संयोजनमा प्रदेशका १३ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने क्रममा चौथो जिल्लाको रुपमा मकवानपुर जिल्लामा अभिमुखीकरण कार्यक्रम भएको हो । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

अभिमुखीकरण कार्यक्रममा टिटानास र रेविज विरुद्धको भ्याक्सिनको विषयमा महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका सिनियर मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझाले सहजीकरण गर्नुभएको थियो भने एन्जिबायोटिक औषधिको रेसिस्टेन्ससम्बन्धमा डा. हरिबहादुर खड्काले सहजीकरण गर्नुभएको थियो । यसअघि ललितपुर, काभ्रे र धादिङ जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको र क्रमशः बागमती प्रदेशका १३ वटै जिल्लाका व्यवसायीलाई अभिमुखीकरण गराइने बताइएको छ ।

Exit mobile version