हेटौँडा : हेटौँडा सामुदायिक आँखा अस्पतालले शुक्रबार ९७ जनाको मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ । बिहीबार र शुक्रबार मकवानपुरको थाहा नगरपालिका–३, पालुङ्गमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रमा निशुल्क आँखा शिविर संचालन गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी र चखेल, थाहा नगरपालिकाको दामन, देउखेल, पालुङ र टिस्टुङ एवम् कैलाश गाँउपालिकाको गोगने र डाँडाखर्कमा निशुल्क आँखा शिविर संचालन गरी ८ सय ९५ जनाको आँखा जाँच गरिएको थियो । शिविरमा १ सय २४ जनामा मोतिविन्दु पाइएको श्रेष्ठले जानकारी दिनुभयो । डा. आषिश जम्मकट्टेलको टोलीले परीक्षण गरेको थियो । शिविरमा थाहा नगरपालिकाको सहयाग रहेको थियो । पालुङमा रहेको सामुदायिक आँखा केन्द्रमा दैनिक २० जनाले आँखाको परीक्षण गराउँदै आएका छन् ।
