Home अर्थ/व्यापार स्थापना दिवसमा आश्रमलाई ग्रामीण बहुउद्देश्यीय सहकारीको सहयोग

स्थापना दिवसमा आश्रमलाई ग्रामीण बहुउद्देश्यीय सहकारीको सहयोग

आश्रमलाई फ्रिज हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–२, बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–१८ हर्नामाडीमा रहेको वैदिक वानप्रस्थ आश्रमलाई फ्रिज सहयोग गरिएको छ । संस्थाका कोषाध्यक्ष राजेन्द्र प्रसाद पुडासैनी सभाध्यक्षता तथा वडाध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो ।

कार्यक्रममा वैदिक वानप्रस्थ आश्रमका अध्यक्ष खेटराज दुलाल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल लगायत संस्थाका सल्लाहकार शरण बहादुर घलेको आतिथ्य रहेको थियो । आश्रम अवलोकनका क्रममा खानेकुराहरु बिग्रेर जाने समस्या देखेपछि आश्रमको आवश्यकता अनुसार फ्रिज सहयोग गरिएको संस्थाका कर्जा समिति सदस्य ऋषिराम दुलालले जानकारी दिनुभयो । वैदिक संस्कृत गुरुकुलमा २३ जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version