हेटौँडा : गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशकोे आयोजनामा मंगलबार हेटौँडामा अधिकारकर्मीले धर्नाको आयोजना गरेको छ ।
लोकतन्त्र, मानवअधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गरौँ भन्दै अधिकारकर्मीले हेटौँडा बजारको बुद्धचोकमा धर्ना दिएका हुन् । यस्तै अराजकता र हिंसालाई निरुत्साहित गर्न पनि उनीहरुले आग्रह गरेका छन् । हत्या, हिंसा र लुटपाट बन्द गर, शान्ति सुव्यवस्था कायम गर, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, मानव अधिकारको ग्यारेन्टी गर, दास र रैती बन्दैनौँ, सामाजिक अराजकता बन्द गर प्लेकार्ड बोकेर धर्ना दिएका थिए ।
