हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको खेलमैदानमा २३ वर्ष भन्दा कम उमेर समूहको ७ ए साइड इन्द्रबहादु र श्रेष्ठ स्मृति फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा धानेश्वर क्लब र हुप्र सिटीले जित निकालेको छ ।
हर्नामाडी सिर्जनशील क्लबलाई धानेश्वर क्लबले १–० को अन्तरले पराजित गरेको हो । म्यान अफ द म्याच धानेश्वर क्लबका सुदीप माझी घोषित भए । यस्तै, हुप्र सिटी र बकैया क्लब बीच भएको खेलमा १–० गोलअन्तरले हुप्र सिटी विजयी भयो । बकैयाको तर्फबाट भएको गोल ह्यान्ड बल भएको भन्दै रेफ्रीले गोल दिन नमानेपछि विवाद भएको थियो । विवादपछि बकैयाले खेल छाडेसँगै रेफ्रीले हुप्र सिटीलाई विजयी घोषित गरिदिएको छ ।
चैत २९ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
