हेटौंडा : हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय विद्यालयको व्यवस्थानमा सञ्चालन भइरहेको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथ्लेटिक्सतर्फको खेलहरु सम्पन्न भएको छ । हेटौंडा–४, हुप्रचौरमा बुधबारबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फको सम्पूर्ण खेलहरु सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत छात्रतर्फको २०० मिटर दौडमा हेटौंडा–१० स्थित तुल्सी मेहर बोर्डिङका सविन लामा प्रथम, हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका पर्वत मगर द्वितीय र हेटौंडा–४ स्थित भुटनदेवी माविकी असिम यादव तृतीय भएका छन् ।
४ गुणा ४०० मिटर दौडमा सिद्धार्थ माविकी शुसी वाइबा, प्रीति वाइबा, विनिश श्रेष्ठ र नितेश यादवको समूह प्रथम भएका छन् । जनप्रिय माविका पर्वत मगर, कौशल सहकारी, कृष चौधरी र सुविन लामिछानेको समूह द्वितीय भएका छन् । भुटनदेवी माविकी सजिल अलादिन, नशिम शेख, रितिक यादव र आशिष यादवको समूह तृतीय भएका छन् । छात्रातर्फ बालवोध माविकी अनिता खड्का, सपना लामा र स्वेता ढुंगेलको समूह प्रथम भएका छन् । ज्योति माविकी रितिका खड्का, राधा विश्वकर्मा र रेश्मा थापाको समूह द्वितीय भएका छन् । जनप्रिय माविकी प्रतिमा पनेरु, ज्ञानज्योति चौधरी र विद्या खनालको समूह तृतीय भएका छन् ।
छात्रातर्फ जनप्रिय माविकी प्रतिमा पनेरु प्रथम, बालवोध माविकी जेनिशा अर्याल द्वितीय र ज्योति माविकी रितीका खड्का तृतीय भएकी छिन् । छात्रतर्फ ३००० मिटरको दौडमा सुवास हेमजन प्रथम, भुटनदेवी माविका नितेश यादव द्वितीय र आधुनिक माविका आदित्य साह तृतीय भएका छन् । छात्रातर्फ ज्योति माविकी रेश्मा थापा प्रथम, जनज्योति माविकी कृषिका क्षेत्री द्वितीय र भुटनदेवी माविकी पूर्णिमा खत्री अधिकारी तृतीय भएकी छिन् । छात्रतर्फ हाइजम्पमा जनज्योति माविका विवश घलान प्रथम, जनप्रियका सुवीज लामिछाने द्वितीय र भुटनदेवी माविकै नशिम श्रेष्ठ तृतीय भएका छन् भने छात्रातर्फ जनज्योति माविकी स्मिता मुक्तान तृतीय भएकी छिन् ।