Home मुख्य समाचार तीन दिने डिजिटल पेडागोजी तालिम सुरु

तीन दिने डिजिटल पेडागोजी तालिम सुरु

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पौड्याल ।

हेटौँडा : हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसले प्राध्यापकहरुका लागि डिजिटल पेडागोजी (शिक्षण पद्दति) सम्बन्धी तालिम सञ्चालन गरेको छ । शुक्रबार सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उत्तम अर्यालले जानकारी दिनुभयो ।

तालिममा मकवानपुर जिल्लाका छ वटा क्याम्पस र जिल्ला बाहिरको चितवनको मैयादेवी क्याम्पसबाट प्राध्यापकको सहभागिता रहेको छ । सात वटा क्याम्पसबाट ३० जना प्राध्यापकहरूको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख अर्यालले जानकारी दिनुभयो । क्याम्पसले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा मकवानपुर क्याम्पसले तालिमको आयोजना गरेको हो । आधुनिक सूचना प्रविधिको प्रयोग गरेर शिक्षणलाई कसरी सहज बनाउने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौड्यालको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख यमबहादुर सिलवालको सभाध्यक्षमा तालिमको उद्घाटन कार्यक्रम भएको हो ।

Exit mobile version