लागूऔषध अफिम र नगदसहित पक्रउ परेका मकवानपुरका सुर्य र भिमको तस्वीर ।

हेटौँडा : लागूऔषध अफिम र नगदसहित मकवानपुरका २ जना पुरुषलाई बारा प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटरबाट लागूऔषध अफिम र नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीलाई देखी फरार भएको स्कुटरलाई सिमरा उपमहानगरपालिका–२, सुर्य नेपालबाट नियन्त्रणमा लिई सुरक्षा जाँच गर्दा डिक्की भित्र लुकाई ल्याएको १३ किलो लागू औषध अफिम, १ लाख ३३ हजार रूपैया र २ जनालाई बरामद गरेको छ । प्रहरीले स्कुटी चालक मकवानपुरको मनहरी गाउँपालिका–६ का ५४ वर्षीय सूर्य बहादुर मोक्तान र पछाडी सवार कैलाश गाउँपालिका–८ का ४५ वर्षीय भिम बहादुर मोक्तानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिहेको प्रहरीले जानकारी दिएको छ ।