किशोर टण्डन ।

हेटौँडा : मकवानपुरका विद्यार्थी नेता किशोर टण्डन नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को उपाध्यक्ष हुनुभएको छ । अनेरास्ववियूको आसन्न महाधिवेशन आयोजक कमिटीको रुपमा महेश श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार घोषणा गरिएको १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटीमा बागमती प्रदेशबाट मकवानपुरका टण्डन उपाध्यक्ष हुनुभएको हो ।

टण्डन यसअघि उपमहासचिव हुनुहुन्थ्यो । अनेरास्ववियूले सात प्रदेशबाट एक एक जना, विश्वविद्यालय, प्राविधिक शिक्षा र अन्य हेर्ने एक एकजना गरी १० जनालाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । महासचिवमा राजन शर्मा पराजुलीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष टण्डनले जानकारी दिनुभयो । आगामी २०८२ साल जेठ महिनामा महाधिवेशनको तयारी भइरहेको उल्लेख गर्नुहुँदै उपाध्यक्ष टण्डनले भन्नुभयो, ‘आगामी महाधिवेशनबाट उमेर हद लागु हुनेछ । ३२ वर्ष भन्दा कम उमेरका विद्यार्थी मात्रै संगठनको सदस्य हुन पाउनेछन् ।’