Home मुख्य समाचार बालगृहलाई दिगोपन दिन महायज्ञ लगाइँदै

बालगृहलाई दिगोपन दिन महायज्ञ लगाइँदै

हायज्ञबारे जानकारी गराइँदैको तस्वीर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, सिंचाई टोलस्थित हाम्रो घर बालगृहको दिगोपनाका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ लगाइने भएको छ । ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको उक्त बालगृहको दिगोपनका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ लगाइने भएको हो ।

मञ्चको आयोजनामा हुने श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञमा संकलित रकमबाट बालगृह सञ्चालनका लागि अक्षयकोष खडा गरिने संयोजक इन्दिरा न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार फागुन १ गतेदेखि महायज्ञ आरम्भ हुनेछ । महायज्ञमा फागुन १ गते कलशयात्रा, प्रत्येक दिन मण्डप पूजा, पाठ पारायण, कथा प्रवचन, भजन, लाखबत्ती प्रज्वलन, झाँकी प्रदर्शनीलगायतका धार्मिक कार्यक्रमहरु हुनेछ ।

भागवतको पुस्तकमा तिल चढाएर अन्तिम दिन फागुन ९ गते महायज्ञ समापन गरिनेछ । महायज्ञमा वाचक पण्डित रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियानकर्ता पण्डित हरिचन्द्र तिमल्सिनाले कथा वाचन गर्नुहुनेछ ।
विगत १७ वर्षदेखि अभिभावकविहीन र बेसाहारा बालबालिकाको संरक्षण, हकहितको लागि ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा बालगृह सञ्चालनमा रहेको छ । हाल उक्त बालगृहमा २७ जना बालबालिकाहरु आश्रय लिइरहेका छन् ।

Exit mobile version