प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका राजकुमार मोक्तान ।

हेटौँडा : हेटौँडा–२, चौकीटोलबाट १४ किलो ९१० ग्राम लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–९, नामटारका राजकुमार मोक्तानलाई पक्राउ गरेको छ ।

शनिबार बिहान ७ बजेको समयमा त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–२, चौकीटोलमा सवारी साधन रोकेर सुरक्षाजाँच गर्ने क्रममा भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको ना २८ प १२११ नम्बरको स्कुटरमा सवार मोक्तानलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई मोक्तानलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।