Home मुख्य समाचार राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको छः नेता थपलिया

राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको छः नेता थपलिया

नेकपा एमालले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया

हेटौँडा ः नेकपा एमालले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका नरहेको उहाँले बताउनुभयो ।

शुत्रबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै नेता थपलियाले केही विदेशी शक्तिहरु नेपालाई अस्थिरता तर्फ धकेल्न अग्रसर रहेको बताउनुभयो । नेपाल संघीय गणतन्त्रको अभ्यासमा गरिरहेको र त्यसलाई सफलताका साथ कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो ।

अहिलेको गठनबन्धन र सरकारले गरेको कामबाट केही व्यक्तिहरुलाई छट्पट्टी भइरहेको उहाँको भनाई छ । केही विदेशी शक्तिहरु नेपाललाई समाजवाद तर्फ अघि बढ्नबाट रोकिरहेका उहाँले बताउनुभयो ।

प्रदेशसभाले राजस्वका क्षेत्र, प्रहरी र निजामती कर्मचारीको अधिकारका सन्दर्भमा छलफल गर्नुपर्ने उहाँको भनाई छ । संसदको बहस मेगा प्रोजेक्ट, वैदेशीक सहायता लिने लगायतका क्षेत्रमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version