Home मुख्य समाचार राजनीतिक अस्थिरता अन्त्यका लागि गठनबन्धन बनेको होः मुख्यमन्त्री लामा

राजनीतिक अस्थिरता अन्त्यका लागि गठनबन्धन बनेको होः मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणमा दुई ठुला दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । उहाँले नागरिकको आवश्यकता र माग पुरा गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभइ आवश्यकताको आधरमा काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारको काम सरल र सहज बनाउन जिआइ ओएमएस सिस्टम जडान भएको उहाँले बताउनुभयो । प्रदेश समन्वय परिष्‌दको बैठक सञ्चालन गरि निर्णय कार्यान्वयनको लागि अघि बढाइएको उहाँको भनाई छ ।

‘विपद्बाट प्रभावित नागरिकको लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको काम तिव्रता दिइएको छ ।’ उहाँले भन्नुभयो, ‘प्रदेश राजधानी र संघीय राजधानी सहित प्रदेश अन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणमा काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।’

प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तिव्रतथा दिइ प्रदेश किताबखानालाई सक्रियतापूर्वक कर्मचारीहरुको तथ्यांक अध्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाको भनाई छ ।

Exit mobile version