Home मुख्य समाचार सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने

सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने

हेटौँडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले निश्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रलाई बलियो बनाउने बताउनु भएको छ । लोकतन्त्रको बलियो आधार पारदर्शी र सुशासन रहेकाले उक्त विषयमा सूचनाले महत्वपूर्ण भुमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

मंगलबार हेटौंडामा आयोजित सूचनाको हक प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाले अक्सिजनको रुपमा काम गर्ने बताउनुभयो । समाज परिवर्तनमा सूचना प्रविधिको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो ।

सूचना लुकाउनु वा सूचना प्रवाहमा रोक लगाउनु निरंकुशता भएको बताउनुभयो । सूचनाले सत्यको नजिक पु¥याउने र त्यसले कार्य सम्पादनमा योजना निर्माणमा मार्ग दर्शन गर्ने उहाँको भनाई छ । पछिल्लो समय सूचनाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको मन्त्री लामिछानेले बताउनुभयो । नागरिकको प्रत्यक्ष सरोकारका विषय जोडिएको सूचनालाई प्रवाह गरी सूशुचित गर्नुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version