Home मुख्य समाचार प्राधिकरणको तार फेर्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

प्राधिकरणको तार फेर्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३, खुर्सानिबारीमा नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चडी तार फेर्ने क्रममा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर थाहा नगरपालिका पालुङ घर भई हाल बाह्रबिसे नगरपालिका–४, बस्ने ३३ वर्षीये रामचन्द्र तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ५ बजेर ३५ मिनेटको समयमा नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चडी तार फेर्ने क्रममा तामाङ करेन्ट लागेर पोलमै झुण्डि रहेको अवस्थामा मृत फेला परेका थिए । तामाङ प्राधिकरणका ज्याला मजदुरीमा काम गर्ने कर्मचारी थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बारबिसे लगिएको छ ।

Exit mobile version