Home अर्थ/व्यापार गलैंचा कारखानाबाट ८ बालश्रमिकको उद्दार

गलैंचा कारखानाबाट ८ बालश्रमिकको उद्दार

हेटौँडा ः बिहीबार बारा जिल्लाको सिमरा उपमहानगरापालिका–१५ स्थित सुस्मा गलैंचा उद्योग तथा कारखानाबाट ८ बालश्रमिकको उद्दार गरिएको छ । १४ वर्षदेखि १७ वर्ष उमेर समूहका ३ जना बालिका र ५ जना बालक गरी ८ जनाको उद्दार गरिएको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का १४ वर्षीय र राक्सिराङकै १६ र १७ वर्षीय बालकलाई उद्दार गरिएको सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । बारा जिल्लाको निजगढ नगरपालिकाबाट १३, १५, १७ वर्षीया ३ बालिका र बाराकै १५ र १७ वर्षीय बालकको उद्दार गरिएको ज्ञवालीले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिका–१ का सोमबहादुर भ्लोनले एक महिनाअघि आफ्ना १४ वर्षीय छोरा गलैँचा कारखानाबाट उद्दार गर्न सिविन बाल हेल्पलाइन मकवानपुरमा निवेदन दिनुभएको थियो ।

बालबालिकाहरुलाई ठेकेदार मार्फत काममा लगाएको पाइएको छ । दिनमा १६ घण्टासम्म काम गर्नुपर्ने तर सरकारले तोके बमोजिम पारिश्रमिक नदिएको उहाँको भनाई छ । कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिवन्ध गरेको, बालबालिकाहरुको खानपान बसाई अति निकृष्ट प्रकारको रहेको, चरम श्रमशोषण, काम नगर्ने बालबालिकाहरुलाई यातना समेत दिन गरेको, जाडोको समयमा पनि न्यायो कपडाको व्यवस्था नभएको पाइएको उहाँले बताउनुभयो ।

Exit mobile version