हेटौंडाः भारतीय ख्यातीप्राप्त ब्राण्ड हिरोको २ वटा मोडलका मोटरसाइकल बिहीबार हेटौँडामा सार्वजनिक भएको छ । हेटौंडा–४, गरुडपथस्थित शोरुममा हिरोको नयाँ मोडल आर फोरभी एक्सट्रिम १२५ सिसीको र आर फोरभी एक्सट्रिम १६० सिसीको बाइक सार्वजानिक गरेको छ ।

ओम अलिशा अटोमोटिभ प्रालि हेटौँडाका सञ्चालक ओम गिरीको सभाध्यक्षमा तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सञ्चालक गिरीले नयाँ मोडलका मोटरसाइकलको विशेषताको विषयमा जानकारी गराउनुभएको थियो ।