Home अर्थ/व्यापार स्थानीय उत्पादन घट्दा हेटौँडामा तरकारीको मूल्य वृद्धि

स्थानीय उत्पादन घट्दा हेटौँडामा तरकारीको मूल्य वृद्धि

तरकारी बजारमा विक्रीका लागि राखिएको तरकारी ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य बढेको छ । स्थानीय तरकारीको उत्पादन कम भए संगै बजारमा तरकारीको भाउ बढेको छ । बजारमा मकवानपुर भन्दा बाहिरको तरकारी नल्याएको र स्थानिय तरकारीको उत्पादनमा कमी आएका कारण भाउ बढेको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

सोमबार बजारमा काउली, गोलभेडा, घिउसिमी भिडेखुसानी लगायत तरकारीको मूल्य बढेको छ भने भिडी, धनियाँ सागको मूल्य घटेको छ । आइतबार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको काउली सोमबार १० रुपैयाँले भाउ बढेर प्रतिकिलो ९० रुपैयाँ बिक्री भएको छ भने गोलभेडा १० रुपैयाँले भाउ बढेर ७० रुपैयाँमा बिक्री भएको घिमिरेले जानकारी दिनुभयो ।

सोमबार थोक बजारमा साग प्रतिमुठा २० रुपैयाँ, केराउकोसा १५० रुपैयाँ, लसुनको साग १५० रुपैयाँ, धनियाँ ७० रुपैयाँ, बन्दा ३० रुपैयाँ, घिउसिमी ८० रुपैयाँ, घरसिमी ७० रुपैयाँ, तितेकरेला १०० रुपैयाँ, मुला ३५ रुपैयाँ, नयाँ आलु ६० रुपैयाँ, लौका ५० रुपैयाँ, खुर्सानी ८० रुपैयाँ, हरियो प्याज साग ६० रुपैयाँ प्रतिकिलो विक्री भएको छ ।

यस्तै पाकेको फर्सी ३५ रुपैयाँ, हरियो फर्सी ५५ रुपैयाँ, गाँजर १३० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, कागती १५० रुपैयाँ, काँक्रो ८० रुपैयाँ, भन्टा ६० रुपैयाँ, भिडे खोर्सानी १०० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, भिन्डी ९० रुपैयाँ, चमसुर पालुङ्गो साग ३० रुपैयाँ, सुप साग ३० रुपैयाँ, र पत्ता च्याउ १२० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो ।

Exit mobile version