Home मुख्य समाचार नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटी चयनका लागि मतदान सुरु

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटी चयनका लागि मतदान सुरु

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको निर्वाचन कार्यक्रम अन्तर्गत मतदान गर्दै एक प्रतिनिधी ।

हेटौँडाः नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंसिर २९ बाट सुरु भएको एमाले हेटौंडाको दोस्रो अधिवेशन अन्तर्गत आइतबार मनोनयन दर्ता कार्यक्रम भएको थियो भने आज सोमबार नेतृत्व चयनका लागि मतदानको कार्यक्रम रहेको छ ।

११ बजेदेखि सुरु भएको मतदान कार्यक्रम दिउँसो २ बजेसम्मका लागि समय तोकिएको छ। अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रममा एमाले हेटौंडाको अध्यक्षमा २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले हेटौंडा उपमहानगर कमिटिमा बोलबहादुर कार्की र जेन श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको हो । उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा इन्द्रप्रसाद खतिवडा, धनबहादुर मुक्तान राजकुमार बास्तोलाको उम्मेदवारी परेको छ ।

यस्तै सचिवमा प्रकाश बानियाँ र शान्ता गौतम (प्रदिप) बीच प्रतिष्पर्धा हुनेछ । उपसचिव (खुल्ला) मा ५ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, सुरेश मिजार (बेरोजगार), शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाको उम्मेदवारी रहेको छ ।

यस्तै उपसचिव महिला तर्फ ३ जनाको उम्मेदवारी रहेको छ । उक्त पदमा चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालको उम्मेदवारी रहेको छ । ३३४ प्रतिनिधि रहेको निर्वाचनले ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी निर्माण गर्ने प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालले बताउनुभयो ।

Exit mobile version