Home मुख्य समाचार २३ स्थानमा हात धुने स्टेशन

२३ स्थानमा हात धुने स्टेशन

मकवानपुरगढी गाउँपालिकामा हात धुने स्टेशन उद्घाटन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने र साथमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले जिल्लाका २३ स्थानमा हात धुने स्टेशन स्थापना गरेको छ । रेडक्रसले जिल्लाका ३२ वटा स्थानमा हात धुने स्टेशन स्थापना गर्ने योजनाअनुरुप हालसम्म २३ स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । पहिलो चरणमा सर्वसाधारणको भीड हुने, पानीको सुविधा कम भएका २० स्थानमा हात धुने स्टेशन स्थापना गरिसकेको र दोस्रो चरणमा थप ३ स्थानमा हात धुने स्टेशन स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कोषाध्यक्ष पिताम्वर बास्तोलाले बताउनुभयो ।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ५, ६, र ९, थाहा नगरपालिकाको दामन, पालुङ क्षेत्र, भीमफेदी गाउँपालिकाको भीमफेदी बजार, मनहरी गाउँपालिकाको ईलाका प्रहरी कार्यालय, बागमति गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिकाको फाखेल स्वास्थ्य चौकी, बकैया गाउँपालिकाको छतिवन, हात्तिसुडे, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, ८, ९, १९ नम्बर वडा, जिल्ला मालपोत कार्यालय, उपमहानगरको कार्यालयमा विभिन्न सामाजिक संघ संस्था तथा लायन्स क्लबसँग सहकार्य गरी पहिलो चरणको हात धुने स्टेशन स्थापना भइसकेको छ ।

दोस्रो चरणको १२ वटा स्थान मध्ये ३ वटा स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । शनिबार हेटौंडा–१९ स्थित महेन्द्र माविको भवनमा निर्माण गरिएको क्वारेन्टिन, मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकाको फापरबारी स्वास्थ्य चौकीमा हात धुने स्टेशन निर्माण गरिएको छ । अन्य ८ वटा स्थानमा छिटै स्थापना गरिने उहाँले बताउनुभयो । त्यस्तै हेटौडा वडा नम्बर ९ स्थित दीपज्योति माविको भवनमा निर्माण गरिएको क्वारेनन्टिनमा रहेका ३ जना महिलालाई आवश्यक स्वास्थ्य साम्रागीहरु वितरण गरिएको कोषाध्यक्ष वास्तोलाले जानकारी दिनुभयो । अन्य क्वारेन्टिनमा महिलाहरु भएमा उनीहरुलाई पनि वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

Exit mobile version