शिविरमा आँखा परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

हेटौडाः रोटरी क्लब अफ हेटौँडाको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा छुट्टाछुट्टै ३ स्थानमा भएको आँखा शिविरमा आँखामा मोतिविन्दुको समस्या भएका १ सय १४ जना पहिचान भएको छ ।

बुधबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुली, मकवानपुरकै भीमफेदी गाउँपालिका कोगटे र रौतहटको पटेर्वा गाउँपालिकामा भएको शिविरमा १ सय १४ जनाको आँखामा मोतिविन्दुको समस्या देखिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरगढीमा भएको शिविरमा ३ सय २६ जनाको आँखा परीक्षण गरिएकोमा १२ जनाको आँखामा मोतिविन्दुको समस्या भेटिएको हो ।

यस्तै भीमफेदी गाउँपालिकमा १ सय ६९ जनाको परीक्षण गरिएकोमा ६ जनामा मोतिविन्दुको समस्या देखिएको र रौतहटको पेटर्वा गाउँपालिकामा भएको शिविरमा २ सय ६१ जनाको आँखा परीक्षण गरिएकोमा ९६ जनामा मोतिविन्दुको समस्या देखिएको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा मोतिविन्दुको समस्या देखिएकाहरुको हेटौँडा सामुदायिक आँखा अस्पतालले निशूल्क उपचार गरिदिनेछ । शिविरमा आँखा अस्पतालबाट वरिष्ठ नेत्र सहायक सहित ६ जनाको टोली परीक्षणमा गएको थियो ।