जनकमान डङ्गोल

बैज्ञानिकहरुले धर्मकर्म गर्छन कि गर्दैनन थाहा भएन । विज्ञानले धर्म मान्दैन पनि भन्छन तर बिज्ञानकै एउटा पाटो चिकित्साक्षेत्रमा चिकित्सकहरु लाई रोगीले भगवानको एउटा रुप ठान्छन भने चिकित्सकहरुले आफुले सकेनन भने ‘मैले सक्दो गरे । सकियन अब उनै भगवानकै हातमा छ भनेर भन्ने गर्छन । अब भन्नुस ईस्वर छ कि छैन ? छ भने काहां छ ?

मैले आज सम्म देबी देउता प्रत्यक्ष देखेको छैन । नदेखेपछि भेटने, दोहोरो सम्बाद गर्ने कुरै भएन । मनुष्यको जात भनेको असन्तोषी, लोभी र पापी जात हो भनेर भन्छन । लोभी पापी नभएको भए आफ्नो फाईदाकोलागी घटिया हर्कत देखि काम कार्यहरु किन गर्थे । यस्ता घटिया कामकार्यलाई धर्मिक भाषामा ‘पाप’ भनिन्छ । जानाजानी पाप गर्छन अनि पछी पश्चातापको लागि हे इश्वर भन्दै देबी देउतालाई खुसि पार्न पछी हट्दैनन । नास्तिके भाषामा यस्तोकाम लाई देबी देउतालाई घुष ख्वाको पनि भन्लान ।

म बिशुद्ध हिन्दुकुलमा जन्मेको नेपाली छोरा । जसरि मैले आजसम्म देबी देउता देखेको छैन त्यस्तै गरि इस्लाम धर्म मान्नेहरुले ‘अल्लाह’ पुकारिने पैगम्बर मुहम्मद, बौद्ध धर्मालम्बीहरुले भगवान बुद्ध, ईसाई धर्म मान्नेहरुले येसु मसिह देखि जो जसले जे जुन धर्म अपनाएका छन तिनिहरु कसैले पनि आज सम्म साक्षात देबी देउता देखि ईश्वरको प्रत्यक्ष दर्शन गरेका छैनन तर पनि मान्छन किन ?

धर्म भनेको आस्था र बिस्वासको केन्द्र हो । धर्मले अनुशासनमा बाध्न सिकाउछ । धर्मले समाजलाई एकै सुत्रमा बाँधेर राखेको हुन्छ । समाज भनेको ज्यूँदाको जन्ती र मर्दाको मलामी हो । जब समाजमा धर्मको खोट देखाएर बिभिन्न बिचारधारामा बाडिन्छन त्यस पछी त्यो समाजमा बस्नेहरु सुखी भएर बस्न सक्दैन । देखिएको धुर्व सत्य यहि नै हो ।

बिस्तारबादी अंग्रेजले हिजो ‘फुटाउ र राज गर’ भन्दै धेरै मुलुक आफ्नो अधिनमा पार्दै त्यो देशको जनतालाई गुलाम बनाए । हामीहरु लाई पनि धेरै पटक कोशिस गरेकै हुन । राजा र प्रजा एक अनि भगवान पशुपतिनाथको कृपाले आज सम्म हामि कसैको गुलाम बन्न सकेका छैनौ । तर, अहिले बिदेसिको ईसारामा समाज भाड्न पार्टी र तिनका नेताको आदेशमा कार्यकर्ता नामको भेडाको बथानहरु ज्यान फालेर लागेका छन ।

ईसाई धर्म अहिले संसारभर नै बिषवृक्षको रुपमा फैलिंदै गएको छ । केहि बर्ष अगाडी बिदेसमा एकजना ईसाई धर्मगुरुले आफ्ना अनुयाहीहरुलाई चौरमा लगेर ‘प्रभुको आदेस भन्दै घाँस पनि खुवाए’ । चर्चहरुमा हुने गरेको अप्राकृतिक यौनका घटनाहरुमा चर्चकै पादरिहरुको संलग्नता समेत देखिने गरेको छ । आफ्ना पुर्खाको पाला देखि मान्दै आएको धर्ममा ईसाई धर्मगुरुहरुको गलत आदेस तथा निर्देशन देखि अपाच्य हर्कतले गर्दा धेरै ईसाईहरु अन्य धर्ममा लागेका छन । कतिपय त धर्म देखिनै निरास भएर नास्तिक समेत बनेका छन ।

मैले आज सम्म कुरान पढेको छैन । भाषाको समस्याले गर्दा पढ्न नसकेको हु तर मैले बाईबल भने पढेको छु । बाईबल अध्ययन गर्दा मेरो धर्म पक्कै पनि नास भएको छैन होला । म कट्टरपन्थी विचारधारा मान्नेमा पर्दिन भने जातपात छुवाछुतको त झन घोरबिरोधि पनि हुँ ।

ईसाईको पवित्र ग्रन्थ बाइबलमा ‘मन्दिर र पुजाहारी’ भन्ने सब्द केहि ठाउँमा उल्लेख भएको छ भने बाईबल लेख्नु भन्दा पहिलानै हिन्दु धर्मको स्थापना भएको रैछ भनेर बुझ्ने कि नबुझ्ने ? बाईबलको पाना पल्टाउदै जाँदा परम प्रभु येसुले ‘तिमीहरु मेरो पछी लाग, म तिमीहरुलाई भेडा बनाउछु’ भनेर उल्लेख भएको छ । भगवान बुद्धले आफ्ना चेला देखि अनुयायीहरुलाई पक्कै पनि त्यस्तो भन्नु भएको छैन । हिन्दु सास्त्र देखि अरु धर्म शास्त्रहरुमा पनि त्यस्तो शब्द कहीं कतै लेखिएको छैन भने आफ्ना अनुयायीहरु लाई भेडा बनाउछु भन्ने त्यो कस्तो धर्म हो ?

नेपालमा हाल केहि समय देखि ईसाई धर्ममा लागेका नया अनुयायीहरुले आफ्नो पुर्खाको पाला देखि चल्दै आएको धर्मको घोर अपमान, बेईज्जत गर्दै अस्लिल शब्द समेत प्रयोग गर्ने गरेको देखिन्छ । ‘सैतान’ भन्ने त्यसै सब्द्को एउटा अंश हो । हिन्दु देउतामा सबै भन्दा शिर्ष स्थानमा रहेको संहारकर्ता भोलेनाथलाई गाँजा भांग खाने गंजडी भनेर खुल्लमखुल्ला भन्दै हिंडेका छन ।

बाइबलमा प्रभु येसुले ‘निस्तार’ चाडको लागी पर्याप्त मात्रामा ‘दाखमद्ध देखि अन्य खानेकुराहरु तयार पार्नु’ भनेर आफ्ना चेलाचपेटाहरु लाई आदेस दिएका छन । ‘दाख’ भनेको संस्कृत शब्द हो र त्यसको नेपालीमा अर्थ ‘अंगुर’ हुन्छ भने ‘मद्ध’ भनेको मादक द्रब्य अर्थात ‘रक्सि’ भनेर बुझिन्छ । हिन्दु धर्म मान्नेहरुको महान देव शिवजीलाई ‘गंजडी’ भनेर खिसिट्युरी गर्ने नव ईसाईहरुलाई अन्य धर्मका आस्थावानहरुले तेरो प्रभु येसु मसिह पनि ‘जड्याहा’ रैछ भन्दा चित्त दुख्छ कि दुख्दैन ?

हामि हिन्दुहरुले मान्ने गरेको बिभिन्न धर्मग्रन्थहरुमा प्राणि मात्रको रक्षा गर । पापकर्म गर्नु हुन्न । झुठो बोल्नु हुन्न र सधै सत्यको बाटोमा लाग्नु पर्छ । आफु भन्दा ठुलाका आदर गर्नु पर्छ भनेर उल्लेख गरेको छ । अन्य धर्ममा के कस्ता लेखेको छन त्यो सम्बन्धित धर्मका ज्ञाताहरुले बताउलान तर नेपालको नवइसाईहरुले हाल घोक्ने गरेको बाईबललाई पुनः अध्ययन गरेर हिजो आफ्ना पुर्खाले मानेका धर्म र अहिले अपनाएको धर्ममा के फरक रैछ त्यो खुट्याउने प्रयास भने पक्कै पनि गरुन ।