Home अर्थ/व्यापार सबैभन्दा सस्तो तरकारी रायोको साग

सबैभन्दा सस्तो तरकारी रायोको साग

तरकारी बजारमा विक्रीका लागि राखिएको तरकारी ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा सोमबार सबैभन्दा सस्तो तरकारीको रुपमा रायोको साग रह्यो । सोमबार थोक बजारमा साग प्रतिमुठा १५ रुपैयाँमा बिक्री भएको छ भने केराउकोसाको मूल्य एक सय ७० रुपैयाँ रहेको छ ।

आइतबार प्रतिकेजी २० रुपैयाँमा बिक्री भएको साग सोमबार प्रतिमुठा १५ रुपैयाँमा बिक्री भएको हेटौँडा–१ स्थित थोक तरकारी बजारको परिजात फलफूल तथा तरकारी सप्लायर्सका प्रोप्राइटर बद्रि घिमिरेले जानकारी दिनुभयो ।

सोमबार प्रतिकेजी काउली ९० रुपैयाँ, बन्दा ४० रुपैयाँ, गोलभेँडा ९० रुपैयाँदेखि १०० रुपैयाँ, घिउसिमी ९० रुपैयाँ, घरसिमी एक सय रुपैयाँ, तितेकरेला १०० रुपैयाँ, मुला ५५ रुपैयाँ, कार्डिनल आलु ६५ र रातो डल्लो आलु ६६ रुपैयाँमा बिक्री भएको छ । यस्तै प्रतिकेजी लौका ६० रुपैयाँ, खुर्सानी ६० रुपैयाँ, धनियाँ १०० रुपैयाँ, हरियो प्याज साग ८० रुपैयाँ, लसुनको साग १५० रुपैयाँ प्रतिकेजी विक्री भएको छ ।

यस्तै राज्मा सिमी १०० रुपैयाँ, लौका ६५ रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, हरियो फर्सी ७० रुपैयाँ गाँजर १२० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, बरेला ५० रुपैयाँ, कागती २२० रुपैयाँ, काक्रो ९० रुपैयाँ, भन्टा ५० रुपैयाँ, भिडे खोर्सानी डल्लो ९० रुपैयाँ र लाम्चो ८०, इस्कुस २५ र भिन्डी १३० रुपैयाँ किलो बिक्री भएको घिमिरेले बताउनुभयो । पछिल्लो समय तरकारीको माग घटेको र उत्पादन बढेसँगै तरकारीको मूल्य सामान्य घट्दै गएको छ ।

Exit mobile version