हेटौँडाः हेटौंडा–१७, हटियामा भएको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी नेपालचौर टोल विकास संस्थाले जितेको छ । वडा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार लक्ष्मी आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा नेपालचौर टोलले २–० गोलअन्तरले पुवाले टोल विकास संस्थालाई पराजित गर्दै उपाधी जितेको हो ।
नेपालचौरमा जीतमा विवेक माझीले १ गोल गर्दा अर्को गोल उपहार स्वरुप आत्मघाती प्राप्त भएको थियो । म्यान अफ द म्याच अस्बिन डंगोल घोषित भएका छन् । प्रतियोगिताको उपाधि विजेता नेपालचौरको टिमले ५१ हजार ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता पुवाले टोलको टिमले ३१ हजार ३१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट गोलरक्षक विजेता टिमको विजय माझी, डिफेन्डर नवीन श्रेष्ठ, डिफेन्डर पुवाँलेका अल्पृत श्रेष्ठ, फरवार्ड नेपालचौरका विवेक माझी, प्रशिक्षक दामोदर सुवेदी र प्लेयर अफ टुर्नामेन्ट नेपालचौरका रोज श्रेष्ठ घोषित भएका छन् ।
प्रतियोगिताका संयोजक राजेश कुमार राईको सभाध्यक्षमा तथा वडाध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । समापन समारोहमा खेलकुद विकास समितिका संयोजक कृष्ण बहादुर अधिकारीको उपस्थिति रहेको थियो ।