Home कला मुक्तक

मुक्तक

पूर्णिमा विक अमर मावि, कक्षा–१०, हेटौंडा–१, चाइनाक्वाटर

निराशा नभएको आशा बनाउँछु जिन्दगी
सयको जीत हुने पासा बनाउँछु जिन्दगी
सबैको मनमा अमर हुने गरी
अविस्मरणीय परिभाषा बनाउँछु जिन्दगी

राष्ट्रको हित हुने कार्य गरौं स्वाबलम्बी बनेर
बीउ छरी हरियाली बनाऔं ती सुख्खा जमिनलाई खनेर
अब कुप्रथा र कुचलनको अन्त्य गरौं
राष्ट्रप्रेम र देशभक्तको गान भनेर

देशलाई विकास र उन्नतितर्फ बढाऔं
भ्रष्टाचार र कुचलनलाई रोक्न जनतालाई सहभागी गराऔं
प्यारो देश नेपाललाई विश्वसामनु चिनाउन
वीर पुर्खाहरुलाई मनमुटुमा सजाऔं

सुगन्ध र आनन्दित बनाउने फूलको जिन्दगी
धोका र पीडामा बाँच्ने भूलको जिन्दगी
धोकै धोका पाएर होला जिन्दगीमा
पीडा र कष्टमा प्यासी भै काकाकुल भो जिन्दगी

Exit mobile version