हेटौंडाः हेटौंडा–१० स्थित बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । साइकल सिटी हेटौँडाको आयोजनामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा १८ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेको साइकल सिटी हेटौँडाका उपाध्यक्ष जयराम चौलागाईंले जानकारी दिनुभएको छ । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको थियो । यसअघि साइकल सिटी हेटौंडाले राप्तीखोला र त्रिवेणीधाम परिसरमा पनि सरसफाइ गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष दीपक खड्का लगायतको उपस्थिति रहेको थियो ।