Home कला कवि श्रवण मुकारुङद्वारा कविता वाचन

कवि श्रवण मुकारुङद्वारा कविता वाचन

कविता वाचन गर्नुहुँदै श्रवण मुकारुङ ।

हेटौंडाः कवि श्रवण मुकारुङले कविता वाचन गर्नुभएको छ । साहित्य संगम मकवानपुरले शुक्रबार हेटौंडामा आयोजना गरेको कविता वाचन तथा सांगीतिक साँझ कार्यक्रममा कविता वाचन गर्नुभएको हो ।

कवि श्रवणले गाउँ र आमा, भानुभक्त, मान सिंह भुजेलको भैंसी, हुलिया, मानिसको मृत्यु शिर्षकमा कविता वाचन गर्नुभयो । यस्तै प्रसिद्धि लामिछानेले माथि माथि सैलुङ्गेमा, श्याम कुमार बानियाँ र विपना मुक्तान तिमीले मिसकल गर्दा, अन्जन दाहालले राई माइलाले गाउँ छाड्यो रे, सुनिता बुर्लाकोटीले सुनकोशीको सुनको पानी, रमेश गहतराजले तिमी तारे भिर, लालकाजी परियारले बाटो हेरे हुन्छ आमा शिर्षकका गायन प्रस्तुती दिनुभयो । साहित्य संगम मकवानपुरको अक्षयकोष सहयोगार्थ कार्यक्रम आयोजना गरिएको थियोे ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्यकार निमेष निखिल, देवराज खरेल, रमेशमोहन अधिकारी, राजकुमार लामिछाने, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियोे ।

Exit mobile version