लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका शिव शंकर पाण्डे

हेटौँडाः लागुऔषध ट्रामाडोलसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार राती १० बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–९, लामसुरे हाईटबाट रौतहटको देवाही गोनाह नगरपालिका– २ घर भई लामसुरे बस्ने २३ वर्षीय शिव शंकर पाण्डेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शंका लागि सुरक्षा जाँच गर्दा पाण्डेको साथबाट लागुऔषध ट्रामाडोल बरामद गरेको थियो । प्रहरीले पाण्डेको साथबाट लागुऔषध ट्रामाडोल ७ पत्ता ७० क्यापसुल फेला परेको थियो । लागुऔषध ट्रामाडोलसहित पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।