हेटौँडाः चितवनको भरतपुर महानगरपालिका–१, नारायणी नदी बुद्वको मुर्ती नजिक एक जना पुरुषको शव फेला परेको छ । मंगलबार बिहान १० बजेको समयमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नारायणी नदिले अन्दाजी ७ दिन अघि मृत्यु भएको जस्तो शव बगाउदै ल्याएको अवस्थामा फेला परेको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि भरतपुर सरकारी हस्पताल लगिएको प्रहरीले जनाएको छ ।