Home मुख्य समाचार गढीको आठौँ प्रमुख प्रशासकीय अधिकृतमा लामिछाने

गढीको आठौँ प्रमुख प्रशासकीय अधिकृतमा लामिछाने

नव नियुत्त प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेलाई स्वागत गर्नुै हुँदै गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान

हेटौँडाः मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुधन लामिछानेले जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार गाउँपालिकामा उपस्थित भएर लामिछानेले जिम्मेवारी सम्हाल्नु भएको पालिकाका अधिकृत रघुनाथ हुमागाईले जानकारी दिनुभयो ।

लामिछानेलाई गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मान कुमारी पाख्रिनले स्वागत गर्नु भएको थियो । लामिछाने मकवानपुरगढीको आठौँ प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । लामिछाने यसअघि बारा जिल्लाको विश्रामपुरमा कार्यरत रहनु भएको थियो ।

गत असोज ६ गतेदेखि मकवानपुरगढी प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । यसअघिका प्रमुख प्रशासकीय अधिकृतमा नवीन गङ्तान लामा रहनु भएको थियो । गत जेठ ६ गते प्रमुख प्रशासकीय राजेन्द्र काकी सरुवा भएपछि आउनुभएका लामा असोज ६ गतेबाट पालिकामा अनुपस्थित रहनुभयो । आइतबार लामिछानेलाई स्वागत गरेसँगै लामालाई पनि विदाई गरिएको हुमागाईले जानकारी दिनुभयो । लामा मकवानपुरगढीबाट सरुवा भएर संघीय उद्योग मन्त्रालय जानुभएको छ ।

Exit mobile version