Home मुख्य समाचार १६२ जना महिलाको पाठेघरको मुखको परीक्षण

१६२ जना महिलाको पाठेघरको मुखको परीक्षण

शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका महिलाहरु ।

हेटौँडाः मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीमा भएको निशुल्क पाठेघरको मुखको क्यान्सर, एचपिभि र डिएनए स्क्रिनिङ शिविरमा १६२ जनाको परीक्षण गरेका छन् ।

शुक्रबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको आयोजना तथा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर शाखाको सहआयोजनामा शिविर भएको नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर शाखाको संस्थापक एवम् कार्यक्रम संयोजक कपिला जोशीले जानकारी दिनुभयो ।

शिविरमा परीक्षण गरिएको रिपोर्ट २–३ दिनमा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । शिविरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मीले परीक्षण गरेका थिए ।

Exit mobile version