सांकेतिक तस्वीर ।

हेटौँडाः काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–६, ढकालथोककी ५३ वर्षीया दुर्गादेवी दुलालको मृत्यु भएको छ ।

बिहिबार बिहान ८ बजेर १५ मिनेटको समयमा आफ्नै आँगनमा बेहोस भएर लडेकी दुलाललाई उपचारका लागि मण्डनदेउपुर नगर अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरिदिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्गादेवीको शव आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।

यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, शिवघाटमा एकजना पुरुषको शव फेला परेको छ । बिहिबार बिहान १० बजेर १५ मिनेटको समयमा नारायणी नदिको बिच टापुमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।