प्रहरीले बरामद गरेको लागुऔषध गाँजा ।

हेटौंडाः बारा प्रहरीले कञ्चनपुरबाट बतौरातर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकलबाट २७ केजी लागूऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान साढे ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरी टोलीले सुवर्ण गाँउपालिका–३, बतौरा नहरमा सुुरक्षाजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

प्रहरीलाई देखेर मोटरसाइकलमा सवार व्यक्ति फरार भएपछि मोटरसाइकल पछाडि बाँधेर राखेको बोरा खोली हेर्दा बोराभित्र दुई पोका लागूऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ । लागूऔषध गाँजा छाडेर फरार मानिसहरुको खोजतलास कार्य भइरहेको बताइएको छ ।