Home मुख्य समाचार मुस्लिम संघको प्रशिक्षण सम्पन्न

मुस्लिम संघको प्रशिक्षण सम्पन्न

हेटौँडाः नेपाल मुस्लिम संघको भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलामा चितवन र मकवानपुरका तीनसय बढी मुस्लिम समुदायका राजनीतिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली मुस्लिम संघका पूर्व अध्यक्ष अब्दुल सतारको प्रमुख आतिथ्य रहेको थियो । उहाँले कांग्रेसको चार तारे झण्डा मुनि मुस्लिम समुदायले फुल्ने, फल्ने र झांगिने अवसर पाउने बताउनुभयो । नेपालमा विगतदेखि नै कांग्रेस मात्रै एउटा समावेशी चरित्रको पार्टी भएकाले मुस्लिम समुदायले कांग्रेस मार्फत नै आफ्ना एजेन्डाहरुलाई स्थापित गर्न सक्ने उहाँको दावी थियो । केन्द्रीय सदस्य सतारले मुस्लिम समुदायका मानिसहरु पनि अबदेखि राजनीतिक रुपमा प्रशिक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

मुस्लिम संघ मकवानपुरका अध्यक्ष खलिल मियाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. अताबुल मन्सुर, उपाध्यक्ष मोहम्मद सहबुद्धिन, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व पार्टी सभापति रघुरमण न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version