Home कला मकवानपुरका लघुकथाकार सहभागी भारतको अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन सम्पन्न

मकवानपुरका लघुकथाकार सहभागी भारतको अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन सम्पन्न

अमृतसर (भारत)ः मकवानपुरका कथाकारहरुको समेत सहभागितामा पन्जाबको पिंगलवाडा अमृतसरमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन आइतबार भव्यरूपमा सम्पन्न भएको छ । मिन्नी कहानी लेखक मञ्च र लोकमञ्च पन्जाबको आयोजनामा सम्पन्न कार्यक्रममा भारतका विभिन्न प्रदेश र नेपालबाट आएका लघुकथाकारहरूले लघुकथा वाचन गर्नुभएको थियो ।

भारतका दिग्गज सुप्रसिद्ध लघुकथाकारहरू डा. बलराम अग्रवाल, डा. अशोक भाटिया, डा. श्यामसुन्दर दीप्ति, डा. नीरज शर्मा, कान्ता राय, अशोक दर्द, जगदीश राय कुलरियाँ राममूरत राही, सन्तोष सुपेकरले लघुकथाको बारेमा बोल्नु भएको थियो । वरिष्ठ समीक्षक डाक्टर श्यामसुन्दर दीप्तिले वाचन गरेका लघुकथाहरूको समीक्षा गर्नुभएको थियो ।

सम्मेलनका संयोजक वरिष्ठ लघुकथाकार जगदीश राय कुलरियांको संयोजनमा भएको कार्यक्रममा नेपालबाट हयग्रीव आचार्यले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने लघुकथाकार किशन पौडेल, रमेश मोहन अधिकारी, डीबी बर्तौला, माधव बहादुर पोखरेल, मिथिला अधिकारी, विष्णु प्रसाद गौतमले आ–आफ्ना लघुकथा वाचन गर्नुका साथै छोटो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपालबाट साहित्यकार राजबाबु पहाडी, सिताराम दाहाल, अप्सरा पुडासैनीको सहभागिता रहेको थियो ।

Exit mobile version