Home मुख्य समाचार आमाजुले सिमेन्टको ब्लकले हान्दा विष्णुमाया गम्भीर घाइते

आमाजुले सिमेन्टको ब्लकले हान्दा विष्णुमाया गम्भीर घाइते

हेटौँडाः आमाजुले सिमेन्टको ब्लकले हान्दा हेटौँडा–१२, वाईबाटोलकी ४३ वर्षीया विष्णुमाया मिजार गम्भीर घाइते हुनुभएको छ । बुधबार विष्णुमायालाई ४३ वर्षीया आमाजु सपना मिजारले सिमेन्टको ब्लकले हानेकी थिइन् ।

विष्णुमाया सुनिरहेको अवस्थामा सपनाले सिमेन्टको ब्लकले पेटमा हानेको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा उपचारपछि विष्णुमायालाई थप उपचारका लागि चितवन रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सपनालाई नियन्त्रणमा लिएको छ ।

Exit mobile version