Home मुख्य समाचार प्रहरीसँग ज्येष्ठ नागरिकको गुनासो, ‘सवारी साधनमा यात्रा गर्न असहज हुन्छ’

प्रहरीसँग ज्येष्ठ नागरिकको गुनासो, ‘सवारी साधनमा यात्रा गर्न असहज हुन्छ’

ज्येष्ठ नागरिकसँग अन्तरक्रिया गर्दै इलाका प्रहरी कार्यालय पालुङका प्रहरी ।

हेटौँडाः ईलाका प्रहरी कार्यालय पालुङले जेष्ठ नागरिकसँग अन्तरक्रिया गरेको छ । मंगलबार ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा थाहा नगरपालिका वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बावु अर्यालले जानकारी दिनुभयो ।

कार्यालयले आयोजना गरेको अन्तरक्रियामा ६० वर्ष भन्दा बढी उमेरका १५ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिकलाई आफ्नो हक, अधिकारको बारेमा जानकारी गराउने गरी कार्यक्रम गरिएको प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकमाथि हिंसा भएमा सहेर बस्न नहुने र हिंसा बारेमा उजुरी गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रहरी निरीक्षक अर्यालका अनुसार कार्यक्रममा ज्येष्ठ नागरिकले सवारी साधनमा आवतजावतका लागि गाह्रो भएको भनी गुनासो गरेका थिए । ज्येष्ठ नागरिकहरुलाई अहिलेको समयमा सवारी साधनमा छुटको व्यवस्था भएको, सिटको व्यवस्थाहरु र बढीजसो साधनमा चढाउन नमान्ने गरेको समेत गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय पालुङमा पछिल्लो समय ज्येष्ठ नागरिकका कुनै किसिमका गुनासा नरहेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभएको छ । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version