फाइनल प्रवेश गरेको सहिद स्मृति क्लब ।

हेटौँडाः बागमती गाउँपालिकाको सहिद स्मृति क्लब हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल खेलमा न्यू कम्वाइन क्लबलाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै सहिद स्मृति क्लब फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा भएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । दोस्रो सेमीफाइनल खेल हाँडीखोला एफसी र पदमपोखरी युथ क्लबबीच भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।