Home मुख्य समाचार बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

बागमती प्रदेश नीति तथा योजना आयोगको नवनियुक्त उपाध्यक्ष गंगादत्त नेपाल ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बुका गंगादत्त नेपाल खानेपानी, सरसफाई तथा जलवायू परिवर्तनका विज्ञ हुनुहुन्छ । उहाँ हाल विभिन्न संघ, संस्था र सरकारलाई विज्ञ परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएका छन् । जर्मन र नेपालबाट स्नात्तकोत्तर तहको अध्ययन पूरा गर्नुभएका तथा खानेपानी तथा जलवायू सम्बन्धमा विद्यावारिधी गर्नुभएका गंगादत्तले २१ वर्ष नेपाल सरकारको कर्मचारीको रुपमा काम गर्नुभएको थियो । जागिरे जीवनको ११ वर्ष बाँकी रहँदा नेपालले पदबाट राजिनामा गरेर विभिन्न दातृ निकायको कार्यक्रमको संयोजकको रुपमा काम गरेको अनुभव छ । डब्लुएचओ, युएसएआइडीद्वारा संचालित विभिन्न कार्यक्रमको जिम्मेवारीमा रहेर काम गर्नुभएका उहाँले मेलम्चीमा विपद् व्यवस्थापन विषयको कार्यक्रममा समेत नेतृत्व गर्नुभएको छ ।

मन्त्रिपरिषद् बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौंका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त हुनुभएको छ । आयोगमा अझै २ सदस्य रिक्त रहेको छ । आयोगमा एक महिलासहित २ सदस्य नियुक्त हुन सकेका छैनन् । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले छिट्टै नै थप २ सदस्यको नियुक्तिको विषयमा पनि सरकारले निर्णय गर्ने जानकारी दिनुभएको छ ।

Exit mobile version