Home मुख्य समाचार बागमती प्रदेशका मन्त्री सम्मानित

बागमती प्रदेशका मन्त्री सम्मानित

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई सम्मान गरिँदैको तस्वीर ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीलाई सम्मान गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित मन्त्रीहरुलाई आज बिहान सम्मान गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामासहित वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्याम बहादुर खड्का, स्वास्थ्य मन्त्री किरण थापा मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई सम्मान गरेको हो ।

यसैगरी, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ र विनाविभागीय मन्त्री मदु कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । सम्मानपछि मुख्यमन्त्री लामाले उद्योगलाई अघि बढाउन सरकारले पनि सहयोग गर्ने बताउनुभयो । प्रदेशका हरेक मन्त्रालयले विभिन्न पक्षमा सुधार गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

Exit mobile version