Home शिक्षा बकैयामा तीज विशेष नृत्य प्रतियोगिता

बकैयामा तीज विशेष नृत्य प्रतियोगिता

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकास्थित महेन्द्र मावि र झरना साहित्यिक परिवारको संयुक्त आयोजनामा छतिवनमा तीजविशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राथमिक तह तथा माध्यमिक तहका विद्यार्थीबीच छुट्टाछुट्टै नृत्य प्रतियोगिता भएको थियो ।

बिहिबार भएको प्रतियोगितामा रीतिका माझीको समूह प्रथम, आराध्या बस्नेतको समूह द्वितीय र सोविक्षा थिङको समूह तृतीय भएको थियो । यसैगरी माध्यमिक तहतर्फ सलिना भोम्जनको समूह प्रथम, रेसु जिम्बाको समूह द्वितीय र सुविना श्रेष्ठको समूह तृतीय भएको थियो । विजेताहरूले नगद तथा स्टेसनरी पुरस्कारका रूपमा पाएका छन् ।

बकैया–५ की वडाध्यक्ष लक्ष्मी जिम्बा, बकैया–४ का कार्यवाहक वडाध्यक्ष विजय भोलन, कार्यपालिका सदस्य लक्ष्मी माझी, विव्यस अध्यक्ष परशुराम गौतम, प्रायोजक चन्द्रकुमार राई, पूर्व प्रधानाध्यापक नारायण चापागाईं, झरना साहित्यिक परिवारका सचिव मसान उपासकलगायतले बोलेका थिए । झरना साहित्यिक परिवारकी उपाध्यक्ष गायत्री रुपाखेतीको अध्यक्षता तथा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

Exit mobile version