न्वागी पर्वको अवसरमा विदासम्बन्धमा गाउँपालिकाले जारी गरेको सूचना ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण चाड (न्वागी) को अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । मंगलबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाले न्वागीको अवसरमा आगामी शुक्रबार र शनिबार दुई दिन सार्वजनिक विदा दिएको बताउनुभयो ।

उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरुमा बन्द हुने भएको छ । राक्सिराङमा अति सिमान्तकृत जाति मानिने चेपाङ समुदायको बाहुल्य छ । पालिकाभरि बसोबास गर्ने जनसंख्यामध्ये करिब ४४ प्रतिशत चेपाङ जाति रहेका छन् । अध्यक्ष मल्लले चेपाङ समुदायको यस पर्व हर्षोल्लासका साथ मनाउन शुभकामना व्यक्त गर्नुभएको छ ।