हेटौंडाः नेपालमा विभिन्न प्रकृतिका बालश्रम विद्यमान रहेको छ । नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १५.३ प्रतिशत बालबालिका बालश्रममा रहेका छन् ।
नेपालको कुल जनसंख्यामध्ये बालबालिकाको संख्या ७० लाख रहेको छ । जसमध्ये ५ देखि १७ वर्ष उमेर समूहका १५.३ प्रतिशत बालबालिका बालश्रममा रहेका हुन् । तथ्यांकअनुसार नेपालमा बालश्रमको अवस्था घट्दो क्रममा रहेको छ । सन् २००८ मा नेपालमा बालश्रमिकको संख्या १६ लाख रहेको थियो भने हाल ११ लाखमा झरेको तथ्यांक रहेको छ ।
११ लाख बाल श्रमिकमध्ये ५ देखि १३ वर्ष उमेर समूहका १८ प्रतिशत र १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत रहेको छ । करिब २ लाख (३.२ प्रतिशत) बालबालिका जोखिमपूर्ण काममा रहेका छन् भने ७४ प्रतिशत बालबालिका अनौपचारिक क्षेत्रमा कार्यरत रहेका छन् ।
बागमती प्रदेशमा बालश्रम दर ८.९ प्रतिशत रहेको छ । ७ प्रदेशमध्ये बागमती प्रदेशमा बालश्रमको दर सबैभन्दा कम हो । नेपाल बालश्रम प्रतिवेदन २०२१ का अनुसार सबैभन्दा बढी बलाश्रम दर कर्णाली प्रदेशमा रहेको छ । कर्णालीमा बालश्रम दर सबैभन्दा उच्च २४.६ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदशेमा २०.९ प्रतिशत, कोशीमा १७.१ प्रतिशत, गण्डकीमा १६.१ प्रतिशत, लुम्बिनीमा १५.८ प्रतिशत र मधेशमा ११.५ प्रतिशत बालश्रम दर रहेको छ ।
बागमती प्रदेशमा बालश्रम दर पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । बागमतीमा पुरुष बालश्रमिकको संख्या ८.६ प्रतिशत र महिलाको संख्या ९.३ प्रतिशत रहेको हो । बागमती प्रदेशमा ५ देखि १३ वर्षको बालश्रमिकको संख्या ९.८ प्रतिशत र १३ देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको संख्या ७.५ प्रतिशत रहेको छ ।
पढाइ छाड्ने तथा विद्यालय बाहिर रहँदा बालश्रम दर बढिरहेको छ । कमजोर पारिवारिक आर्थिक अवस्था, अभिभावकको कुलत, परिवारमा हुने घरेलु तथा लंैगिक हिंसा, पारिवारिक विखण्डन, बालबालिकाको सामाजिक र मानस्कि स्वास्थ्य अवस्थाका कारण बालबालिकाहरु बालश्रममा संलग्न हुने गरेको देखिन्छ ।
उक्त कारणहरुले बालश्रमका आधारभूत प्रणालीगत मुद्धा बढाइरहेको छ । बालश्रमका कारण बालबालिकाहरुमा दुव्र्यवहार र शोषणको बढ्दो जोखिम रहेको छ । औपचारिक मध्यस्तकर्ता छिमेकी, दाजुभाइ, आफन्त तथा दिदीको निगरानी अभावका कारण बालश्रम बढिरहेको देखिन्छ ।