Home मुख्य समाचार मकवानपुर सहकारी अस्पतालमा लफडाः डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको पीडित पक्षको आरोप

मकवानपुर सहकारी अस्पतालमा लफडाः डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको पीडित पक्षको आरोप

पीडित पक्षहरु वार्ताका लागि डाक्टर र अस्पताल प्रकाशन कुर्दै ।

हेटौंडाः हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पतालमा लफडा भएको छ । अस्पताल प्रशासन र डाक्टरको कारण एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको हो ।

आइतबार हेटौंडा–१६ स्थित हटियाका १ वर्षीय बालकको मृत्यु भएपछि पीडित पक्षले प्रशासन र डाक्टरको लापरबाहीले आफ्नो बालकको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् । मृतक बालकका बुबा अनिल श्रेष्ठका अनुसार तीन दिन अगाडि घरबाट ज्वरो आउनुको साथै मुखमा सानो घाउ आएपछी बालकलाई अस्पताल ल्याइएको थियो । बिरामी बालकलाई आइसियुमा राखेर ४–५ दिनपछि डिस्चार्ज गर्छु भनेका थिए । उपचारका क्रममा डाक्टर तथा नर्सहरु समयमा औषधि चढाउन समय नआउने र बोलाउँदासमेत बेवास्ता गरेको उहाँको भनाई छ । पीडित पक्षले डा.हरि बहादुर खड्काले लापरबाही गरेको आरोप लगाएका छन् ।

अहिले प्रहरीले पीडित पक्ष र अस्पताल प्रशासनसँग बसेर वार्ता गर्ने तयारी गरिरहेको छ । तर डाक्टर नै अनुपस्थित भएपछि वार्ता चल्न सकेको छैन ।

Exit mobile version